काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको काटिएको बिजुली जोड्न गृहकार्य थालेको छ । डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले मंगलबार समिति बनाएको थियो । साथै उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन दिएको थियो ।
प्राधिकरणलाई अहिलेसम्म लाइन जोड्ने विषयमा पत्र नआए पनि कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन जोड्न निर्देशन दिइसकेका छन् ।
प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको थियो । ६१ वटा उद्योगले २४ अर्बभन्दा धेरे बक्यौता तिर्न बाँकी रहेको बताएको थियो । बक्यौता रकम किस्ताबन्दीमा तिर्ने प्रतिविद्धतासहित पहिलो किस्ता तिरेपछि हिमाल स्टिलको भने लाइन जोडिएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०