काठमाडौँ । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौँबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको धनगढी विमानस्थल स्रोतले जनाएको छ ।
दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्स धनगढीका अनुसार जहाज धनगढी अवतरण हुन छ मिनेट मात्रै बाँकी थियो । तर खराब मौसमका कारण विमान अवतरण गर्न सकेन् ।
धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौँबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् । धनगढीमा अहिले पनि विमानस्थल खुलेको छैन ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०