काठमाडौँ । भारतीय विदेश मन्त्री एस. जयशंकर बिहीबार नेपाल आउँदै छन् । विगत तीन वर्ष देखी अड्किएको नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।
नेपाल तथा भारतीय दुवै पक्षका अधिकारीहरूले आगमनको सूचना सार्वजनिक गरेका छन् । बिहीबार आएका एस. जयशंकर शुक्रवार भारत फर्किनेछन् ।
बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने बताइएको छ । नेपाली समकक्षी एनपी साउददेखी प्रधानमन्त्री ‘प्रचण्ड’ तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने जयशंकरको भ्रमण सूची रहेको छ ।
प्रधानमन्त्री भएपछि ‘प्रचण्ड’सँग उनको पहिलो भेट हुने भएको छ । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’सँग उनको भेट भएको थिएन ।
‘प्रचण्ड’ भारतमा हुँदा जयशंकर विदेश भ्रमणमा थिए । यस अगाडि भारतीय विदेश सचिवको रूपमा भने एस. जयशंकरको ‘प्रचण्डसँग भेट भएको थियो ।
भारतीय अखबार दि हिन्दुका अनुसार नेपालबाट १० हजार मेगावाट बिजुली भारतमा खरिद गर्ने देखी त्रिभुवन विश्व विद्यालयमा निर्माण भएको नयाँ पुस्तकालयको उद्घाटनमा जयशंकर सक्रिय हुनेछन् ।
यस्तै, आगामी जनवरी २२ मा उद्घाटन हुने राम मन्दिरमा कुनै विदेशी सरकारका प्रतिनिधिहरूलाई निम्तो नआएकोमा त्यस बारेमा पनि जयशंकर र ‘प्रचण्ड’को कुरा हुने हिन्दुले उल्लेख गरेको छ ।
नेपाल भारतका विदेशमन्त्रीहरुको यो सातौँ बैठक हुनेछ । पछिल्लो छैटौँ बैठक सन २०२१ को जनवरी १४ र १५ मा भारतको राजधानी नियाँ दिल्लीमा भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०