काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन् ।
उच्च अदालत पाटनले उनलाई १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर धरौटी रकम बुझाउन नसक्दा सुन्धारा कारागारमा रहेका उनी धरौटी बुझाएपछि बुधबार रिहा भएका हुन् ।
काठमाडौँ जिल्ला अदालतमा आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदा भएका कारण हिजो बुधबार मात्रै रिहा गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०