काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ७० वर्षे उमेरहद सान्दर्भिक नभएको बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उमेरहदबारे कसरी जाने नेतासँग सुझाव मागेका छन् ।
उनले भने, हामीले ९ औँ महाधिवेशनमा ७० वर्षे उमेर हद राख्यौँ तर त्यो भन्दा तलतिरको नेता जन्माउन सकेनौँ । त्यो दुखद कुरा हो । त्यो उमेर हद राखेर मात्रै हुन्छ कि हुँदैन ? यो महाधिवेशनले युवाहरूलाई माथि ल्याउन आवश्यक छ । अब यो उमेरहदको कुरामा सान्दर्भिक देखिँदैन। लागू पनि नगरेकाले यसको सन्दर्भ नै हराइसक्यो ।
उनले पार्टी कमिटी पनि घटाउनुपर्ने बताए । पार्टी कमिटीको बैठक राख्दा लाखौँ खर्च आउने भएकाले अब महाधिवेशनबाट घटाउनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०