काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको छ ।
२०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।
बैठकमा विप्लवसँगै नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी छन् ।
यस्तै, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन्।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०