काठमाडौँ । झापाको दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गए राति आगलागी भएको छ।
आगलागीमा तीन घर जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी झापाका अनुसार बिजुलीको तार सर्ट भएर सेक्टर सी-४ छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेका तीन वटै घरमा आगलागी भएको हो।
आगलागीबाट घर सहित सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। झन्डै नौ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०