काठमाडौँ । बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित सहभागी थिए।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०