काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको छ । ‘क्रिष्टियन नमान्ने संविधान विरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर अहिले विरोध भइरहेको हो ।
मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री किराँतीको त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् । उनले संस्कृति मन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने मन्त्री किराँतीलाई तत्काल बरखास्त गर्न माग गरेका छन् । थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै साम्प्रदायिक विद्वेष फैलाउनेलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०