काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पुस ३ गतेसम्मको तथ्याङ्कमा यो विवरण देखिएको हो ।
जसमा वाणिज्य बैंकको मात्र ५३ खर्ब २३ अर्ब रहेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्ब ९१ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको तथ्याङ्कमा छ । बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी भने करिब ५० खर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण तथा संस्थागत निक्षेप लिएर कर्जा प्रवाह गर्ने गरेका छन् ।
बैंकहरूको सीडी रेसियो (कर्जा पुँजी अनुपात) ७९.८९ प्रतिशत छ । यसले बैंकहरूसँग प्रशस्त लगानीयोग्य रकम (तरलता) रहेको इङ्गित गर्छ । यस्तै अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशतभन्दा कम छ यसले बैंकहरूको ब्याजदर निकै सस्तो रहेको देखाउँछ । अहिले सर्वसाधारणको मुद्दती निक्षेपको ब्याजदर नै एकल अङ्कमा झरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०