ललितपुर । ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वाटर परिसरमा आगलागी भएको छ । मन्त्री क्वाटर निर्माणमा खटिएका मजदुरले प्रयोग गर्दै आएको अस्थायी टहरामा आगलागी भएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धि विक्रम शाहका अनुसार क्वार्टर भित्र रहेको एउटा टहरामा आगो लागेको हो । निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा बिहान साढे ११ बजे लागेको आगो करिब १५ मिनेटमा नियन्त्रणमा लिइएको शाहले बताए ।
उनका अनुसार मजदुरहरूले खाना पकाउने क्रममा अस्थायी टहरामा आगो लागेको हो । स्टोर गरेर राखिएका रङ्गमा क्षति भएको छ । कुनै मानवीय क्षति भएको छैन ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०