काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् ।
रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल गर्न मङ्गलवार बिहान ८ बजे बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदै छ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८०