काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।
सोमबार ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसको स्थापना दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री दाहालले फोहोरको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको बताएका हुन् ।
‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ ।’, उनले भने, ‘यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ,
उनले विकास निर्माण, सांस्कृतिक सम्पदाको संरक्षण एवं संवद्ध्रनका लागि स्थानीय तहले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रशंसा गरे । प्रधानमन्त्री ‘प्रचण्ड’ले स्थानीय तहहरूको विकास निर्माणका सहयोग गर्न सरकार तयार रहेको बताए ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८०