काठमाडौँ । पूर्व-पश्चिम सङ्कल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात गर्ने प्रयास भएको छ। भोजपुरबाट धनकुटा जानेक्रममा उनीमाथि हातपात भएको हो।
धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि स्थानीयवासी महेश राईले ओलीमाथि मुक्का हान्ने प्रयास गरेको देखिएको छ ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भने रक्सी सेवन गरेका राई ओलीको नजिक गएको तर हातपात नगरेको बताए ।
उनका अनुसार राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०