काठमाडौँ । सन्दीप लामिछानेको मुद्दा सन्दीप पक्षका वकिलहरुलेनै हटाएका छन्। न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको मुद्दाको सुनुवाई पहिलो नम्बरमा भएपनि सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बार एसोसिएसनको सम्मेलनका कारण आफ्नो तर्फबाट बहस गर्ने वकिलहरू नभएका कारण मुद्दा हटाएको बताएका छन्।
गत २३ कातिकमा अदालतले बहस नोट बुझाउन आदेश दिएपछि दुवै पक्षका कानुनब्यबसायिले लिखित रूपमा बहस नोट अदालत समक्ष प्रस्तुत गरेसँगै अब सन्दीपको बलात्कार मुद्दाले किनारा पाउने विश्वास गरिए पनि पुन मुद्दाको अन्तिम बहस हुन सकेन।
सन्दीपको मुद्दामा बहसका लागि शम्भु थापा लगायतका वरिष्ठ वकिलहरू चितवनमा रहेका कारण मुद्दा स्थगित गरिएको बताइएको छ।
सन्दीप लामिछानेको मुद्दामा यसअघि काठमाडौँ जिल्ला अदालतले विभिन्न प्रमाणित कागजातहरू माग गर्दै आएको भएपनि गत २३ कातिकमा भने बहस नोट माग गरेको हो । विभिन्न बहानामा पटक-पटक स्थगित हुँदै आएको मुद्दामा न्यायाधीश केशव घिमिरेको इजलासले गत २३ कात्तिकमा दुवै पक्षलाई २२ मंसिर भित्र बहस नोट अदालतमा बुझाउन आदेश दिएको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०