काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ ।
बिहीबार बसको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा नेपाल सरकारका सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका अध्यक्ष सुजन कुमार काफ्ले सदस्य रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०