काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न महासमितिको बैठकमा हिन्दु राष्ट्रको एजेन्डा प्रवेश गराउने विषयमा सकारात्मक देखिएका छन् ।
तनहुँको पार्टी कार्यालय उद्घाटनको निम्तोलगायतको विषयमा छलफल गर्ने क्रममा देउवाले आफू सकारात्मक रहेको बताएको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिए ।
भेटका क्रममा केन्द्रीय सदस्य भण्डारीले आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन आग्रह गरेका थिए ।वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तनमा भण्डारीले जोड दिँदै आएका छन् ।
केही दिनअघिमात्र देउवाले ‘धर्मका विषयमा सरसल्लाह गर्न सकिने’ अभिव्यक्ति दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०