काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु भएको छ ।
जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन सुरु गरेको हो ।उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयले जनाएको छ ।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विमान खरिदका लागि टेन्डर (बोलपत्र) आह्वान गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०