काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन बुधवार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ ।
अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ । युएईको दुबईमा हुन गईरहेको सम्मेलनको बिहीबार उद्घाटन समारोह हुँदैछ ।
१३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुने कार्यसूची रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०