काठमाडौँ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई १ सय ६६ रनकाे लक्ष्य दिएको छ ।
कृत्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो । मलेसियाका सइद अजिजले सर्वाधिक ६८ रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान राेहित पाैडेलले समान १ विकेट लिए ।
पहिलो खेलमा नेपालले हिजो सोमबार सिङ्गापुरलाई ८ विकेटले हराएको थियो । नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
छनोटको फाइनल पुग्ने २ वटा टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०