काठमाडौँ । रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध अनशन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।
कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् । तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।
श्रीमान् चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाहा भएपछि उनी न्याय माग्दै काठमाडौँ आएकी छिन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनशन समेत थालेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०