काठमाडौँ । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए ।
सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।
माफी मिनाहाको निर्णय फिर्ता लिनुपर्ने माग राखेर भारतीले बुधवारबाट माइतीघर मण्डलामा अनशन सुरु गरेकी छन् । राष्ट्रपतिको निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट पनि दर्ता गराएकी छन् ।
आफ्नो श्रीमान्का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती नेपालगञ्जबाट काठमाडौं आइपुगेकी थिईन । माफीको दुरूपयोग र अपराधीलाई माफी दिने विषयमा चौतर्फी सरकारको आलोचना भइरहेको छ
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०