काठमाडौँ । १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ ।
हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।
मंगलबार जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा भारतीय टिमले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७९ रन मात्र बनाउन सक्यो ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०