काठमाडौँ । दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका-१, लामाबगरबाट सुन बरामद भएको डिएसपी दिपक खड्काले जानकारी दिए ।
खड्काका अनुसार सुन बारीमा फालिएको अवस्थामा भेटिएको हो ।
प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । योसँगै दोलखाबाट बरामद भएको सुनको मात्रा ११ किलो पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०