काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन्।
आज सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले विगतमा खुला मञ्चमा सबैले खुला रूपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रूपमा प्रयोगमा आउनु पर्ने बताएका हुन्।
खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको उनले बताए। उनले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरूले माइतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए। उनले खुला मञ्चमा सुरक्षित रूपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माइतीघरदेखि वानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताए।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०