काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशबाट फर्किएपछि मात्रै लुम्बिनीमा सरकारले पूर्णता पाउने भएको छ।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रधानमन्त्री ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किने कार्यक्रम छ।
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न काठमाडौँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रधानमन्त्री फर्किएपछिमात्र सरकारले पूर्णता पाउने बताएका हुन्।
काँग्रेसबाट क-कसलाई सरकारमा पठाउने भन्नेबारे आन्तरिक परामर्श जारी रहेको मुख्यमन्त्री चौधरीले बताए।
नेकपा (माओवादी केन्द्र) ले भने यसअघि नै बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनलाई मन्त्रीका रूपमा सिफारिस गरिसकेको बताएको छ ।
मुख्यमन्त्री चौधरी असोज १५ गते भित्रै सरकारलाई पूर्णता दिने आन्तरिक गृहकार्यमा जुटेको नेताहरूको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०