काठमाडौं । गोली लागेर नेपाल प्रहरीका असई लक्ष्मण चौधरीकी श्रीमती घाइते भएकी छिन् ।
महाराजगञ्जस्थित निवासमा श्रीमानको पेस्तोल चलाउँदा श्रीमती शर्मिला चौधरीलाई गोली लागेको हो । घाइतेलाई शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
उनको कोखामा गोली लागेको र अवस्था जोखिममुक्त भएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०