काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले सबै मान्छेको समस्या महानगरले समाधान गर्न नसक्ने बताएकी छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उपमेयर डङ्गोलले फुटपाथ लगायतका समस्या समाधानका लागि केन्द्र सरकारले एउटै नीति बनाउनुपर्ने बताएकी हुन् ।
‘यो महानगरपालिकाको मात्र नभई सबै प्रमुख शहरहरूको समस्या हो। यसमा केन्द्र सरकारले नै एउटै नीति ल्याउनुपर्छ। काठमाडौं महानगरपालिकाले सबै मान्छेको समस्या समाधान गर्न सक्दैन,’ उनले भनिन्।
उनले फुटपाथको समस्या समाधान गर्न महानगरलाई कसैको दबाब आवश्यक नरहेको पनि बताएकी छन्।
फुटपाथ व्यवसायीको समस्या समाधानको माग गर्दै अभियान्ता ईः एक सातादेखि महानगरको कार्यालय रहेको सभागृहको गेटमा उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेको छ।
ईः ले उठाएको मागको सम्बोधन गर्नु हुन्छ कि हुन्न भन्ने प्रश्नमा उपमेयर डङ्गोलले भनिन्, ‘ईः ले कसैले दबाब दिन पर्दैन। कार्यपालिकाको निर्णयअनुसार काम भइरहेको छ।’
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०