काठमाडौँ। कोशी प्रदेशको सुरक्षासम्बन्धी बैठक विराटनगरमा सुरु भएको छ । बैठकमा सहभागी हुन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ विराटनगर आएका छन् ।
बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुखसमेत सहभागी छन् । बैठकमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत गएका कारण प्रमुख भने सहभागी छैनन् ।
विराटनगरमा २ महिना लामो अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि सुरक्षा संवेदनशीलता बढेको भन्दै सुरक्षा समितिको बैठक बसेको हो । बैठकमा कोशी प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा छलफल हुने र समाधानका लागि कार्ययोजना बनाइने बताइएको छ ।
कोशी नामकरणपछि पहिचान पक्षधरहरूको आन्दोलनका कारण यहाँ सुरक्षा चुनौती बढेको छ ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०