काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताहरूमा सङ्घीयता बेकार भन्ने भावना उठ्न थालिसकेको बताएका छन् ।
बिपी जयन्तीका अवसरमा आयोजित युवाहरूको विशेष विचार सम्मेलनलाई सम्बोधन गर्दै संविधानले दिएको अधिकार प्रयोग नगरे सङ्घीयता नचल्ने बताए ।
उनले भने, ‘अहिले सङ्घीयता चलेको छैनौँ भन्छौँ नि । नचल्ने कारण केही पनि छैन । संविधानले दिएको अधिकार हामीले प्रदेशलाई पुर्याइदियौँ भने सङ्घीयता चलिहाल्छ । तर, हाम्रो सोचाइ विचार र चिन्तन पावर तल दिनु हुँदैन भन्ने छ ।’ सबै केन्द्र मातहतमा भएपछि मुख्यमन्त्रीको कुरा कसैले नसुनेको बताए।
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०