न्युयोर्क-गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको युवा उपसंयोजकका लागि डा. शङ्कर बिसुन्केले उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए आईसीसीको २०२३ देखि २०२५ कार्यकालका लागि एनआरएनए अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा उपसंयोजकका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
‘युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरण’ भन्ने मूल मन्त्र अघि सारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । आम युवाहरूको आवाजलाई सम्बन्धित ठाउँमा पुर्याउने र समाधानको खोजी गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
अमेरिकाज क्षेत्रका युवाहरूलाई लक्षित गरेर उच्च अध्ययन, खेलकुद, रोजगारीलगायत विभिन्न रचनात्मक क्रियाकलापको बारेमा योजना बनाउने र उचित कार्यान्वयन गर्ने लक्ष्य उनको छ । समाज र अरूका लागि सोच्ने डाक्टर बिशुन्के स्वयं सेवाको लागि एक स्मरणीय नाम हो l
विदेशमा बसेर नेपाली समुदाय र मानवीय सेवाको लागि सदैव तत्पर शङ्कर नेपाल र नेपालीको लागि जहाँ सहयोगको आवश्यकता हुन्छ त्यहाँ कोश र स्रोत जुटाउन लागिपर्छन् l पछिल्लो समय सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितको लागि काम गरेका शङ्कर विभिन्न गैर- लाभकारी संस्थाहरू जस्तै हिमानी ट्रष्ट- अमेरिक, रोटरी क्लब अफ न्युयोर्क क्वीन्स, वुडसाइड अन द मूभ र अन्य धेरै सङ्घ संस्थासँग आवद्द छन् र सामाजिक काममा क्रियाशील छन् l
नेपाल ,भारत,युएयी हुँदै युएसएसम्म डाक्टर शङ्कर बिशुन्केको सामाजिक सेवा क्षेत्र फैलिएको छ l सा माजिक कामको लागि आफ्नो क्षेत्र विस्तार गर्न र जिम्वेवारी बढाउन डाक्टर शङ्करले आफ्नो उमेद्वारी भएको दलिल पेश गरेका छन् l
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०