काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका जाने भ्रमण टोलीको आकार सानो बनाउन निर्देशन दिएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन ‘प्रचण्ड’ २९ भदौमा अमेरिका जाँदैछन् ।
भ्रमणको एजेन्डाबारे परामर्श लिन बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेपछि प्रधानमन्त्रीले मुख्य सचिवलाई सो निर्देशन दिएका छन् ।
यससँगै प्रधानमन्त्रीका सल्लाहकारको भ्रमण रोकिएको छ । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०