काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकार गठनसबन्धी संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले संविधान संशोधन गरेर यसलाई सच्याउनुपर्ने बताए ।
संसदीय व्यवस्था भनेको बहुमत प्राप्त दलले सरकार बनाउने र बहुमत नहुँदा सरकारबाट हट्ने भएको उनले बताए । अघि भने, ‘अर्कोले पनि बहुमत ल्याएन भने मध्यावधिमा जाने हो ।’
तर संविधानमा पाँच चरण पार गर्नुपर्ने व्यवस्था भएको भन्दै उनले यसलाई सच्याउनुपर्ने बताए । उनले अघि भने, ‘जुन खालको संसदीय व्यवस्थाको संरचना संविधानमा निर्धारण गरिएको छ, त्यसमाथि पुनर्विचार गर्नुपर्छ ।’निर्वाचन प्रणालीमा पनि त्रुटि रहेको उनको जिकिर छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०