काठमाडौँ । नेप्से परिसूचक आज ९आइतबार० १०.२३ अंकले बढेर बन्द भएको छ ।
नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ विन्दुमा बन्द भएको हो । गएको बिहीबार नेप्से २८.९२ अंकले घटेको थियो ।
आज कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक ०.१४ प्रतिशतले घटेको छ ।
यस दिन एक अर्ब सात करोड रूपैयाँको सेयर कारोबार भएको छ । २७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता खरिद-बिक्री भएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०