काठमाडौँ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा कतारले नेपाललाई ७५ रनको विजयी लक्ष्य दिएको छ।
मलेसियाको बांगीमा टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइन्। ४४ बल खेलेकी उनी इन्दु बर्माको बलमा एलबिडब्लू भइन्। त्यस्तै एलिना खानले १५ रन बनाएर रन आउट भइन्। कप्तान आइसाले १० रन बनाइन भने एन्जलेनी मरेले १४ रन बनाइन्।
कतारका लागि साची डादवालले सर्वाधिक २१ रन बनाउँदा ओपनर एलिना खानले १५ तथा कप्तान आयशाले १० रन जोडिन् । एन्जेलाइन मरे १४ रनमा अविजित रहिन् ।
नेपालका लागि किफायती बलिङसमेत गरेकी इन्दुले ४ ओभरमा १० रन मात्र खर्चेर ३ विकेट लिइन् । उनले १७औं ओभरको तेस्रो, पाँचौ र छैटौं बलम विकेट लिएकी थिइन् । पूजा महतो र कविता जोशीले समान एकरएक विकेट लिए ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०