काठमाडौँ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा सत्तारूढ माओवादी केन्द्रकी सांसद बिमला सुवेदीले उम्मेदवारी दिएकी छन्।
उनको प्रस्तावकमा प्रस्तावकमा पूर्ण बहादुर घर्ती र समर्थकमा कांग्रेसका रमेश लेखक एमालेका महेश बर्तौला र राप्रपाका ध्रुवबहादुर प्रधान छन्।
सत्ता गठबन्धनले राप्रपालाई पूर्वाधार विकास समिति दिएपछि प्रधान सुवेदीको समर्थक बसेका हुन्।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०