काठमाडौँ -राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीको आन्दोलनमा राखेपका पूर्व सदस्य सचिव र बोर्ड सदस्यहरुले समेत ऐक्यवद्धता जनाएका छन् । दुई महिना पहिला सुरु गरेको कर्मचारीहरुको बढुवा प्रक्रियालाई निष्कर्षमा पुर्याउन युवा तथा खेलकुद मन्त्रालय तथा व्यववस्थापन पक्षले आलटाल गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी संघको नेतृत्वमा दोस्रो चरणको आन्दोलन जारी रहेको छ ।
आइतबार कर्मचारीको आन्दोलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले समर्थन तथा ऐक्यवद्धता जनाएका छन् । राखेपका पूर्व सदस्यसचिव युवराज लामाले आफू कर्मचारकिो बढुवाको पक्षमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
‘कर्मचारीको नियमसंगत हुने बढुवाको पक्षमा मे जस्तो सुकै सहयोग गर्न प्रतिबद्धता व्यक्त गर्दछु ।’ नेपाल कराते महासंघका अध्यक्ष समेत रहेका लामाले भने ।
परिषदमा २७ बर्ष देखि कार्यरत कर्मचारीहरु एउटै पदमा रहेर काम गर्दासमेत बढुवा प्रक्रियामा ढिलासुस्ती गरेर रोक्ने कामको विरुद्धमा कर्मचारी आन्दोलित भएको संघकी अध्यक्ष सरस्वती केसीले बताइन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०