काठमाडौँ। राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।
माओवादी नेता कृष्णबहदुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।
आजको बैठकमा असोज ५ गते आयोग गठन गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०