काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप खेल्न गए राती पाकिस्तान गएपनि स्टार स्पीनर सन्दीप लामिछाने भने पाकिस्तान गएका छैनन्।
लामिछाने राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा बोलाएको क्रिकेट टिमलाई बिदाई कार्यक्रममा समेत सन्दीप उपस्थित भएका थिएनन् । साथै आइतबार र सोमबार नेपाली टिमले टियुमा गरेको प्रशिक्षणमा समेत सन्दीप अनुपस्थित थिए ।
नाबालिग बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा खेपिरहेका सन्दीपको मुद्धाको फैसला ढिला हुदा उनको खेल्ने अनिश्चित बनेको हो ।
नेपाली क्रिकेट टोलीका प्रमुख स्पिनर सन्दीप लामिछाने बिरामी परेको भनि क्यानले सन्दिप टिमसंगै पाकिस्तान जना नसक्ने वताएको थियो तर सन्दीपले आफू बिरामी नभएको बताएका छन् ।
सन्दीप बारे सोधिएको प्रश्नमा एसिया कपका म्यानेजर प्रदीप मजगैयाँले उनी बिरामी भएको बताएका थिए ।‘यो खास सबैको चिन्ताको विषय पनि हो । खासगरी उसको स्वास्थ्यमा समस्या पनि देखिएको हो । वहाँ अहिले हामीसँग जानुहुन्न । हाम्रो खेल ३० अगष्टमा छ । यदि वहाँको स्वास्थ्य अवस्था ठिक भएमा लैजाने प्रयास क्यानले गरि राखेको छ । हामीसँग वहाँ सम्पर्कमा हुनुन्छ । मजगैयाँले पत्रकारसँगको कुराकानीमा भने ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले त्यस पहिला नै सन्दीप बिरामी भएको हुँदा नगएको बताएका थिए । तर पत्रकारसँगको कुराकानी पछि सन्दीप टिमलाई भेट्न होटल पुगेका थिए । सन्दीपले आफू बिरामी नभएको बताएका थिए । अनौपचारिक रुपमा सन्दीपले आफू पूर्णरुपमा फिट भएको र आफू विरामी भएको विषयमा होटल आएपछि मात्रै थाहा पाएको बताएका थिए ।
नाबालिग बलात्कारको आरोपमा सन्दीप पछिल्लो एक वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन् । पछिल्लो बहसमा अदालतले पिडितको आमाको जन्म मिति यकिन गर्न आदेश दिएको थियो । उनको काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दाले मानसिक रूपमा खेल्न तयार नभएको बुझिएको छ ।
एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, श्रीलंका र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले अगष्ट ३० अर्थात भदौ १३ मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । त्यस्तै नेपालले अर्को खेल सेप्टेम्बर ४ अर्थात भदौ १८ मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्दै छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०