काठमाडौँ । सरकारले प्रगतिशील गायक स्व जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ ।
पर्यटन मन्त्रालयको प्रस्तावमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वर्गीय गायक जुठबहादुर खड्गी अर्थात् टुहुरेलाई उक्त उपाधि दिने निर्णय गरेको हो ।
गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनको २ वर्षपछि सरकारले उपाधि दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन । २० वर्षदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०