काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा कार्य विभाजन गरेको छ । माओवादीले सुरु गरेको ३ महिने जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान अन्तरगत कार्य विभाजन गरेको हो । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको पूर्ण बैठकले नेता कार्यकर्ताको कार्य विभाजन गरेको छ ।
बैठकको निर्णय अनुसार प्रदेश इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समितिको जिम्मेवारी दिइएको छ । जसको सदस्यमा प्रदेश अध्यक्ष हरिराम चौधरी, केन्द्रीय सदस्य त्रिलोचन भट्ट, झपट साउद र रमेशसिंह धामी छन् ।
प्रचार प्रसार कार्यालय समितिको जिम्मा केन्द्रीय सदस्य ओमविक्रम भाटलाई दिइएको छ । जसको सदस्यमा दीपेन्द्र रावल, लोक बहादुर बोहरा, जनक बुढा र अंजित श्रेष्ठ छन् । त्यस्तै बैठकले केन्द्रीय सदस्यहरूको कार्यक्षेत्र सँगै जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।
कैलाली इन्चार्जमा टेकेन्द्र भट्ट, कञ्चनपुर इन्चार्जमा वीरमान चौधरी, डडेलधुरा इन्चार्जमा हरि ज्ञवाली, बैतडीमा रामप्रसाद तिमिल्सेना, दार्चुलामा नरेन्द्र कुवर, बझाङमा लालबहादुर सोडारी, बाजुरामा देवकी मल्ल, अछाममा ओमप्रकाश पुन र डोटीमा लक्ष्मीराम आचार्यलाई इन्चार्ज तोकिएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०