काठमाडौँ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जाँदैछन् ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०