काठमाडौँ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक आज फेरि बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।
बुधबार शीर्ष नेताहरूको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रूप दिने भनिए पनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो ।
राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबिच अझै पनि अन्तिम सहमति हुन सकेको छैन ।
मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरूको बैठक स्थगित भएको थियो । हिजो दिउँसो २ बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०