काठमाडौँ । भक्तपुरको सानोठिमी स्थित बालसुधार गृहबाट भागेका ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ । उनीहरू भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।
बालसुधार गृहमा ‘नाबालक बन्दी’को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन् ।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।फरार भएका २२१ जना जना नाबालक बन्दीको खोजी भइरहेको छ ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०