काठमाडौँ । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट २ सय २१ जना नाबालक बन्दीहरु भागेपछि सो क्षेत्रमा दुईजना एसएसपीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । बाल सुधार गृहमा थुनामा रहेका १८ वर्षीय कमल बस्नेतको मृत्युको विषयमा झडप हुँदा नाबालक बन्दी भागेका हुन् ।
सोमबार दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार, सशस्त्र र जनपथ प्रहरीलाई समेत आक्रमण गरेर कैदीहरु भागेका थिए । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालयमा कार्यरत एसएसपीहरु दिनेशराज मैनाली र ओम रानाको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ ।फरार भएका २२१ जना जना नाबालक बन्दीको खोजी भइरहेको छ ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०