काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज (सोमबार) सुनुवाइ गर्दै छ । संसदीय सुनुवाइ समितिको बिहान साढे दस बजे बस्ने बैठकमा श्रेष्ठको सुनुवाइ गर्ने समितिले जनाएको हो ।
संवैधानिक परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिमा उजुरी लिने काम भएको थियो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठ विरुद्ध तीन वटा उजुरी परेका छन् । उजुरीमा श्रेष्ठले विचौलीयको काम गरेको र सात वटा गम्भीर आरोप लागेका किर्ते बैङ्कका एक पीडक र देशको ठूलो संगठित अपराधमा संलग्न सेटिङ मिलाएर उम्काएको आरोप पनि उनलाई उजुरीमा लगाइएको छ ।
सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन ग¥यो भने उनलाई सर्वोच्च अदालतको नेतृत्व सम्हाल्ने बाटो खुल्ने छ । साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
२३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गते अवकाशमा गएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा छ ।
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०