काठमाडौँ । संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलसँगको छलफल सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा छलफलको सुरु भएको हो ।
बैठक मुख्यगरी सदन सुचारु गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०