काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य परीक्षण गराएर फर्केका छन् ।
राष्ट्रपति पौडेलले महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् ।
आइतबार बिहान मुटुको परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल गई फर्किसकेको पौडेलको सचिवालयले जनाएको छ । मुटुको उपचारका लागि झण्डै दुई साता अस्पताल भर्ना भई राष्ट्रपति पौडेल १३ असारमा डिस्चार्ज भएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०