कैलाली । कैलाली जिल्लाको जानकी गाउँपालिका स्थित अरुणोदय माविको ५१ औँ वार्षिक उत्सव तथा स्वर्ण बर्ष कार्यक्रमको सुभारम्भ गरिएको छ । बिद्यालयको स्वर्ण बर्ष सुभारम्भ गर्दै सुदुरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले शिक्षा क्षेत्रको विकासले मात्रै मुलुकको विकास हुने भएकाले सबै त्यसतर्फ लाग्न आग्रह गर्नुभयो । बिद्यालयको उन्नतिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिल राज भाटले विद्यालयको प्रगति प्रतिवेदन पेश गर्नु भयो । उहाँले आज सम्मका उपलब्धीको जगमा उभिएर आउँदा दिनमा यस क्षेत्रको नमुना बिद्यालय बनाउन सबैको सहयोग आवस्यक रहेको बताउनु भएको थियो । स्वर्ण बर्षमा गरिने बिविध कार्यक्रले बिद्यालायलाई समुदायसंग जोड्ने विश्वास दिलाउनुभयो । स्वर्ण बर्षले आगामी दिनमा बिद्यालयलाई उचाईमा पुरयाउन सहयोग पुग्ने पनि प्रधानाध्यापक भाटको कार्यक्रममा बताउनुभयो । पुर्ब प्रधानाध्यापक कर्ण बहादुर कुँवरले समेत बिद्यालयका अतीतका दिनहरुको स्मरण गर्दै बिद्यालयको बिकाशका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो।
सुभारम्भ कार्यक्रममा गणेश चौधरी, सांसद टिका थापा, विद्यालयका पुर्व प्रधानाध्यापक टेक बहादुर धामी, भुतपुर्व विद्यार्र्थी संघका अध्यक्ष सरोज कुमार शाह, पायनियर्स एकेडेमी लम्कीमा प्रिन्सिपल चक्र प्रसाद न्यौपाने, टिकापुर बहुमुखि क्याम्पसका प्रमुख ढविन्द्र रावल, जानकि गाउँपालिका वडा न ९ का अध्यक्ष खकेन्द्र भण्डारी, ८ का अध्यक्ष तिर्थराज उपाध्याय, सदुरपश्चिम प्रदेशका मुख्य मन्त्रीका प्रमुख स्वकिय सचिव तथा विद्यालयका पुर्व प्रधानाध्यापक धन बहादुर शाहि लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रममा बोल्ने सबै अतिथिले बिद्यालयको विकासमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । स्वर्ण वर्ष सुभारम्भ कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार विष्टको सभापतित्वमा भएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०