काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् ।
राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०